प्रकृति पूजा।
ए मनुवाहरु
रगतको होली खेल्न पल्केकाहरु
दिमागमा क्यान्सरले समातेकाहरु
कति रुवाउन सकेका हौ जनतालाई
जनताकै लागि भनेर कसम खानेहरु
किन जनताले भात खान पर्दैन?
किन जनताले हिँड्न हुँदैन?
किन तिमी आउँदा मैल सधैं हिँड्ने बाटो बन्द?
मैले खनेको बाटो
मेरो पितापुर्खाको रगत पसिनाले सिँचेको खेत मेरो हुनुहुन्न?
मैले घरको बाटो आउँदा तिमीले सर्तक भएर हिँड्न पर्दैन?
के तिमी यहाँ आउँदा ठूला ठूला गेट बनाउनैपर्छ?
जनतालाइ हिँड्नबाट रोक्नैपर्छ?
हे जनताको रगतमा होली खेल्नेहरु,
किन बुझ्दैनौं तिमीलाई जित्न पनि त जनता नै चाहिन्छ।
जनसंख्या नियन्त्रण गर्ने अरु पनि वैकल्पिक उपाय छन्,
के त्यसको लागि बन्दुक चलाउनैपर्छ र?
सीमानामा हेर, हरेक दिन चेली बलत्कृत छन्
हरेक दिन गोविन्द गोपालहरु मरिरहेका छन्
तिमी यहाँ चैनले बसिरहँदा जनता थरथर कामिरहेका छन्
जनताका प्रतिनिधि हौं,
जनतासामु जनता भएरै जान किन डराउँछौं?
के? बन्दुकको दलबल लिएर जान जरुरी छ?
हो बरु जाग अब
शिरदेखि पाउसम्म तिम्रो देशको अस्तित्व मिच्न
यहाँ तिम्रा सीमाका हितैसीहरु लागिपर्याछन्
गौतम बुद्धदेखि सगरमाथा मेरो हो भनि लागिपर्याछन्
देश बाँचे पो तिमी,
नत्र न तिमी न हामी।