प्रवासी थारु समाज युएईको तेस्रो अधिवेशन वैशाख १ गते हुने

प्रवासी थारु समाज युएईको तेस्रो अधिवेशन वैशाख १ गते (अप्रिल १४) हुने भएको छ। दुबईको जेबल पार्कमा हुने अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ। दुबईमा रहेका थारुहरुको साझा संस्था बनेको प्रवासी थारु समाजले विभिन्न समाजिक काम पनि गर्दै आएको छ। यो संस्थाले थारुहरुको नयाँ वर्ष माघी पनि प्रवासमै मनाउँदै आएको छ। संस्था नेपालका कलालकारहरुलाई पनि प्रवर्द्धन गर्न कार्यक्रममा सहभागी गराउँदै आएको छ।

हालका अध्यक्ष किशोर चौधरीले अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने बताए। उनले नयाँ कार्यसमिति चयन हुनेहुँदा दुबईमा रहेका सबै थारुहरुलाई अधिवेशनमा सहभागी हुन आह्वान गरेका छन्। सोही दिन वनभोजको कार्यक्रम पनि आयोजना भएको हुँदा अध्यक्ष चौधरीले सबै थारुलाई सहभागी हुन अनुरोध गरेका हुन्।

 

Leave a Reply

Your email address will not be published.