जनताको स्वशासन र सुविधालाई लत्याएर घोषणा गरिएको चुनाव मान्दैनौं : रुक्मिणी चौधरी

रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले स्थानीय निकायको चुनाव र स्थानीय निकयको पुनःसंरचनाको विरोध गरेको छ। पार्टीको केन्द्रीय कार्यसमिति बैठकले जनताको स्वशासन र सुविधालाई लत्याएर चुनाव घोषणा गरेको भन्दै विरोध जनाएको हो।

‘संघीय व्यवस्थामा स्थानीय तह स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र, विशेष क्षेत्रहरु, प्रादेशिक सरकारको मातहत हुनुपर्नेमा संघीय व्यवस्थाको मर्म र भावना विपरीत घोषणा गरिएको स्थानीय निर्वाचनप्रति पार्टीको पूर्ण असहमति छ,’ पार्टी अध्यक्ष रुक्मिणी चौधरीद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

Leave a Reply

Your email address will not be published.