कक्षा ११ को परीक्षा सर्‍यो, अब असार १ देखि ११ गतेसम्म सञ्चालन हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा तालिका परिवर्तन गरेको छ। वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका कारण परीक्षा पछि सारिएको बोर्डले जनाएको छ। वैशाख २४ गतेदेखि हुने भनिएको उक्त परीक्षा अब असार १ देखि ११ गतेसम्म सञ्चालन हुनेछ।

कक्षा १२ को परीक्षा तालिकामा भने कुनै परिवर्तन गरिएको छैन। राष्ट्रिय परीक्षा बोर्डका कार्यकारी निर्देशक डिल्लीराम रिमालले कक्षा १२ परीक्षा निर्धारित समयमै हुने जानकारी दिए। १२ को परीक्षा वैशाख १० देखि २२ सम्म तय भएको छ।

 

Leave a Reply

Your email address will not be published.