सत्ता गठबन्धनको बैठकमा गच्छदारले भने- ‘संशोधन प्रस्ताव पारित हुन सक्दैन, हामी यसको पक्षमा छैनौं’

सत्तारुढ गठबन्धनको बैठकमा दलहरुवीच कुनै सहमति हुन सकेन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठकमा कुनै सहमति भएन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले यथास्थितिमा संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टीले मतदान नगर्ने अडान दोहोर्याएका थिए।

बैठकबाट बाहिरिएका फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले भने, ‘यथास्थितिमा संशोधन प्रस्ताव पारित हुन सक्दैन, हामी यो प्रस्तावको पक्षमा छैनौं, त्यसैले प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्छ।’

उता राप्रपा अध्यक्ष थापाले पनि यथास्थितिमा प्रस्तावको पक्षमा आफ्नो पार्टीले समर्थन नगर्ने र भोटपनि नहाल्ने जिकिर गरेका छन्।
बैठकबारे जानकारी दिँदै राप्रपा नेता बुद्धिमान तामाङले भने, ‘हाम्रो पार्टी अहिलेसम्म पनि यथास्थितिमा संशोधन प्रस्तावको पक्षमा छैन, हामी कुनैपनि हालतमा यो प्रस्तावको पक्षमा उभिन सक्दैनौं।’

उता गठबन्धनको बैठकमा कुनै सहमति हुन नसकेपछि मधेशी मोर्चाका नेताहरु भने केही समय पहिल्यै नै बैठकबाट बाहिरिएका थिए। मोर्चाले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म चुनावमा भाग नलिने अडान लिएको थियो।

तर जवाफमा सरकारका तर्फबाट प्रधानमन्त्रीले अहिलेको अवस्थामा संशोधन प्रस्ताव पारित गराउन संख्या अपुग भएको भन्दै केही समय संशोधन प्रस्तावलाई होल्ड गरेर स्थानीय तहको निर्वाचनमा जानुपर्ने र त्यसको लागि स्थानीय तहको संख्या मधेशमा बढाउने आश्वासन दिएका थिए।

तर मोर्चाका नेताहरुले प्रधानमन्त्रीको उक्त प्रस्तावलाई ठाडै अस्विकार गरेका थिए। आजको बैठकमा पनि कुनै सहमति हुन नसकेपछि प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवा नयाँ रणनीतिमा बनाउने तयारीमा जुटेका छन्।

Leave a Reply

Your email address will not be published.