राजापुरमा बन्ने थारु साँस्कृतिक संग्रहालयका लागि समिति गठन

थरुहट तराई पार्टी नेपालका जिल्ला सचिव महादेब रत्गैयाको नेतृत्वमा ११ सदस्य थारु साँस्कृतिक संग्रहालय तथा सूचना प्रतिष्ठान ब्यवस्थापन समिति गठन भएको छ। शुक्रबार बसेको सर्वदलीय बैठकले समिति गठन गरेको हो।

समितिको उपाध्यक्षमा ओम प्रकाश थारु, वसन्ती चौधरी, महासचिवमा दिनेश चौधरी, सचिवमा सुरेन्द्र थारु, कोषाध्यक्षमा जनक कुमारी चौधरी छन्।

त्यस्तै सदस्यमा उदय थारु, रघुराम थारु, किशोर चौधरी, विनोद चन्द र निर्मला परियार छन्। सल्लाहकारमा मदन कुमार बखरिया उल्टहुवा थारु, सोमप्रसाद थारु, धनिधर थारु, योगेन्द्र थारु, चम्मनलाल थारु, बनवारीलाल थारु र मोतिलाल थारु छन्। संरक्षकमा भने थरुहट तराइ पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद डा. गोपाल दहित छन्।

Leave a Reply

Your email address will not be published.