पत्रकार महासंघको दाङ अध्यक्षमा सविन प्रियासन चौधरी विजयी

नेपाल पत्रकार महासंघ दाङ अध्यक्षमा सविन प्रियासन चौधरी विजयी भएका छन्। उनले १ सय ४९ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी दुर्गालाल केसीले ९१ मतमात्रै ल्याए। पत्रकार महासंघ दाङको निर्वाचनमा प्रियासन नेतृत्वको संयुक्त प्यानललाई प्रेस युनियन र प्रेस सेन्टरको साथ थियो। 

प्रियासन नेतृत्वको संयुक्त प्यानलबाट उपाध्यक्षमा डिल्ली मल्ल (प्रेस सेन्टर), महिला उपाध्यक्षमा लिला शाह (प्रेस युनियन) र सचिवमा भुपेन्द्र प्रकाश ओली (प्रेस सेन्टर) निर्वाचित भए।

सहसचिवमा गोकर्ण पौडेल (प्रेस चौतारी), महिला सहसचिवमा शर्मिला विसी (प्रेस युनियन) र कोषाध्यक्षमा आरके शितल (प्रेस युनियन) निर्वाचित भए।

त्यस्तै जिल्ला सदस्यमा सविता चौधरी, केन्द्रीय पार्सदमा छविलाल कोपिला र प्रकाश चौधरी निर्वाचित भए। पुरन चौधरी र लक्षिमान चौधरी प्रदेश पार्सदमा सर्वसम्मत भए।

यो पनि पढ्नुस्:

पत्रकार महासंघको बाँके अध्यक्षमा ठाकुरसिंह थारु विजयी

Leave a Reply

Your email address will not be published.