निर्वाचन घोषणासँगै मोर्चाको आन्दोलन घोषणा, ११ गते बन्द

सरकारले चुनाव घोषणा गरेलगतै मधेसी मोर्चाले दबावमुलक आन्दोलनको घोषणा गरेको छ । यद्यपि उसले संविधान संशोधन भएमा स्थानीय चुनावमा सहभागी हुनसक्ने संकेत दिएको छ ।

चुनाव घोषणाका लागि सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बसिरहेका बेला मधेसी मोर्चाका नेताहरु केहीसमय मिटर पर तमलोपा कार्यालयमा आन्दोलनबारे छलफल गरिरहेका थिए । सरकारले चुनावको मिति घोषणा गरे लगतै मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

मोर्चाले भोलि १० गते मसाल जुलस निकाल्ने र पर्सि ११ गते तराई बन्द गर्ने घोषणा गरेको छ । १२ गतेदेखि १५ दिनसम्म गाउँ, नगर सदरमुकामहरुमा भण्डाफेर अभियान चलाउने निर्णय भएको रामसपा महासचिव केशव झाले बताए ।

Leave a Reply

Your email address will not be published.