ट्रक दुर्घटनामा चालक तिर्थराम थारुसहित तीन जनाको मृत्यु

जिल्लाको बड्की गाविसमा भएको मिनी ट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। नेपालगञ्जदेखि मुगुतर्फ जाँदै गरेको ना६ख ९३७२ नम्वरको उक्त ट्रक दुर्घटनामा परी चालकसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक गुरु विष्णु काफ्लले जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेमा चालक मैना पोखरा ८ बर्दियाका तिर्थराम थारु, मुगु कालै ४ बस्ने रंगे शाही र सोही स्थानका गंगा शाहीको मृत्यु भएको हो। तीनैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

 नाम नखुलेका सहचालक भने गम्भीर घाइते छन्। उनको उपचार गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक काफ्लेले जानकारी दिए। अहिले घटना स्थलतर्फ प्रहरी निरीक्षक कलेन्द्र शाहीसहितको टाली प्रस्थान गरेका छन्।

ट्रक बिहान ७ बजेतिर बड्की दुईको कोचिला भिरमा दुर्घटनामा परेको हो। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। ट्रक डेढ सय मिटर तल खसेको छ।

Leave a Reply

Your email address will not be published.