एनपिस विजेता बसन्ती चौधरी बैंककमा सम्मानित

मानवअधिकार रक्षक बसन्ती चौधरी थाइल्याण्डको राजधानी बैंककमा एनपिस अवार्ड २०१६ बाट सम्मानित भएकी छन् । चौधरी कमैया प्रथा उन्मुलन समाज कैलालीकी अध्यक्ष तथा कमैया, कमलरी प्रथा उन्मुलन अभियानकी अभियन्ता हुन् ।

बिहीबार राति बैंककमा भएको एक कार्यक्रममा डेढ दशकदेखि सुदूरपश्चिमको कैलालीमा कमैया, हलिया र कमलरी प्रथा उन्मुलनमा निरन्तर खटिएकी चौधरीलाई एनपिसको ‘अनटोल्ड स्टोरी’ अर्थात नभनिएका कथा अन्र्तगत सम्मान गरिएको थियो । उनीसँगै अफगानिस्तानबाट हबिबा सरावी, पाकिस्तानका रिजवाना शाह, श्रीलङंकाका सुमिका परेरा, इण्डोनेशियाका रुबी खालिफा र फिलिपिन्सका मरियम बरन्दिया पनि सम्मानित भएका छन् ।

सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गर्ने चौधरीले दाषत्व एवम् महिला हिंसाविरुद्ध निन्तर संघर्ष गरेका कारण यो अवार्ड प्रदान गरिएको एनपिस नेटवर्कको वेवसाइटमा उल्लेख छ ।

एनपिस अर्वाड महिला, शान्ति र सुरक्षा प्रर्वद्धनमा कार्यरत एसियाका विभिन्न देशका अधिकारकर्मीले सन् २०१० मा स्थापना गरेका थिए ।
सन् २०१५ मा कैलालीकै मुक्त कमलरी कौशिला चौधरी यो अवार्डबाट अमेरिकामा सम्मानित भएकी थिइन् ।

चौधरीले सम्मानपछि भोट गरेर सहयोग गर्ने र आफ्नो कामको मूल्यांकन गरेर अवार्ड प्रदान गर्ने एनपिस नेटवर्कलाई धन्यवाद दिएकी छन् । उनी महिला मानवअधिकार रक्षक सञ्जाल कैलालीकी सचिव पनि हुन् ।

Leave a Reply

Your email address will not be published.