संजयलीला भन्सालीमाथि कुटपिट, दीपिकालाई पीडा

बलिउड फिल्ममेकर संजय लीला भन्सालीलाई करनी सेनाका कार्यकर्ताले कुटपिट गरेका छन्। जयपुरको जयगढमा उनको आगामि फिल्म ‘पद्मावती’लाई लिएर करनी सेनाका कार्यकर्ताले भन्सालीलाई कुटपिट गरेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई थप्पड हान्नुकासाथै उनले पहिरिएको लुगा च्यातिदिएका थिए।

पद्मावतीमा इतिहासलाई तरोडमरोड गरेको भन्दै भन्सालीसहित उनको क्यु सदस्यलाई कुटपिट गरिएको थियो। फिल्मसेटमै गएर तोडफोडसमेत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भन्सालीलाई कुटपिट गरेको विरोधमा बलिउडकर्मीहरु एक भएका छन्। उनीहरुले कुटपिटको कडा निन्दा गर्दै यस्ता समूहलाई कानुनी दायरामा ल्याउनपर्ने माग गरेका छन्। ‘तपाइँले कसैलाई पिटेर तिनको विचारलाई मार्न सक्नुहुन्न,’ फिल्ममेकर महेश भट्टले भनेका छन्, ‘विचारलाई अर्को विचारले नै जित्नसक्छ न कि कुटपिट गरे।’

कुटपिटलाई लिएर फरहान अख्तर, प्रियंका चोपडा, करन जौहर, ऋषि कपुर, शबाना आज्मी, ऋतिक रोशन र बोमन इरानीलगायतले विरोध गरेका छन्। त्यस्तै फिल्मका पात्रहरु रणवीर सिंह, शाहिद कपुर र दीपिका पादुकोनले पनि कुटपिटको विरोध गरेका छन्।

यो घटनासँगै भन्सालीले जयपुर सुटिङ नगर्ने निर्णय गरेका छन्। स्रोतका अनुसार उनले मुम्बईमै सेट लगाएर सुटिङ गर्ने तयारी गरिरहेका छन्। भन्सालीले बाजीराव मस्तानी, रामलीला, देवदास, गुजारिसजस्ता फिल्म निमार्ण गरेका छन्।

भन्साली पिटिँदा दीपिकालाई पीडा

पद्मावती फिल्मको कथावस्तुलाई लिएर निर्मार्ता संजय लीला भन्सालीमाथि भएको कुटपिटप्रति अभिनेत्री दीपिका पादुकोन दुखित बनेकी छन् । फिल्मकी मुख्य अभिनेत्रीसमेत रहेकी पादुकोनले उक्त घटापछि आफू मुर्छित भएकी बताएकी छन् ।

‘शुक्रबार संजयलीला भन्सालीमाथि भएको कुटपिटले निकै निराश बनाएको छ । पद्मावतीको तर्फबाट म के विश्वास दिलाउन चाहन्छु भने फिल्ममा इतिहासलाई कुनै तरोडमरोड गरिएको छैन,’ उनले ट्विटरमा लेखेकी छन् । फिल्मको माध्यमबाट एक साहसी महिलाको कथा संसारलाई अवगत गराउन चाहेको उनले बताएकी छन् ।

फिल्मका दौरान निर्माता भन्सालीलाई हानथाप गरेको र उनको सर्टसमेत च्यातिदिएको भन्दै उनले खिन्नता जनाएकी छन् । ‘ती समूहले हानथाप गर्नुका साथै क्यामेरा र अन्य उपकरणमा पनि क्षति पु¥याएको छ । जुन निन्दनीय छ,’ उनले भनेकी छन् । पादुकोनले भन्सालीसँग रामलीला, बाजीराज मस्तानीमा काम गरेकी छन् ।

भन्सालीमाथिको आक्रमणको फिल्मका अभिनेताद्वय रणवीर सिंह र शाहिद कपुरले पनि दुःख ब्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published.