माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई भारतको पद्मश्री सम्मान

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई भारतले पद्मश्री पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । गणतन्त्र दिवसको अवसरमा भारतले पद्म सम्मान पाउनेहरुको सूची सार्वजनिक गरेको छ । यो वर्ष सर्वोच्च नागरिक सम्मान भारत रत्न भने कसैलाई पनि प्रदान गरिने छैन ।

पद्म भुषण सम्मान ७ जनालाई प्रदान गरिने भएको छ भने तेस्रो सर्वोच्च नागरिक सम्मान पद्म श्री ३५ जनालाई दिइने भएको छ । यो सूचीमा अनुराधा पनि छिन् । उनी सीएनएन हिरोसमेत हुन् ।

गैरआवासीय भारतीयका रुपमा अनुराधासँगै एड्स अनुसन्धानकर्ता डा. सुनिती सोलोमन र कलाकार इमरान खानले पद्मश्री सम्मान पाउनेछन् ।

Leave a Reply

Your email address will not be published.