संविधान संशोधन नगरी चुनाव घोषणा नगर्न मोर्चाको दबाब

मधेसी मोर्चाले सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई संविधान संशोधन नगरी चुनाव घोषणा नगर्न दबाव दिने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार अपराहृन ४ बजे कांग्रेस, माओवादी र मधेसी मोचर्ँको बैठक बोलाएका छन् । मधेसी मोर्चाका नेताहरुले छिट्टै स्थानीय चुनावको मिति घोषणा गर्ने तीन दलको सहमतिबारे प्रधानमन्त्रीको आधिकारिक धारणा माग्ने तयारी गरेका छन् ।

मधेसी मोर्चाले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पास नभएसम्म चुनावमा नजाने बताएका छन् । साथै उनीहरुले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा पनि आपत्ति जनाएका छन् ।

प्रधानमन्त्रीले भने राष्ट्रियसभाको निर्वाचक मण्डलबाट गाउँपालिका र नगरकालिकाका प्रमुख उपप्रमुखको भोटिङ राइट हटाएर स्थानीय चुनावमा जाने प्रस्ताव गरेका छन् । यसका लागि पनि संविधान संशोधन हुन जरुरी छ । एमालेले यसबारे धारणा सार्वजनिक गरेको छैन ।
आजको बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन विधेयक लगायतका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.