चन्दा चौधरीसहित तमलोपामा सात पदाधिकारी थपिए

काठमाडौं- तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मा चार महामन्त्री र तीन सहमहामन्त्री थपिएका छन् । थपिएका पदाधिकारीमा महामन्त्रीमा डा विजय सिंह, उमाकान्त झा, चन्दा चौधरी र जितेन्द्र सिंह तथा सहमहामन्त्रीमा डा सुरेन्द्र झा, सामीम मिया अन्सारी र राम प्रवेश वैठा छन्।

गत असारमा सम्पन्न पार्टीको महाधिवेशनबाट निर्वाचित अध्यक्ष महन्थ ठाकुरलाई पदाधिकारी मनोनयनको अधिकार दिइएको थियो । जसअनुरुप अध्यक्ष ठाकुरले सात केन्द्रीय सदस्यमध्येबाट पदाधिकारी मनोनयन गरेका हुन्।

पार्टीलाई बढी गतिशील बनाई जाति, समुदाय र वर्गलाई पार्टी सङ्गठनमा सहभागी गराई, तराई–मधेसको आवश्यकता र जनभावनाअनुसार पार्टी पदाधिकारी मनोनयन गरिएको अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। रासस

Leave a Reply

Your email address will not be published.