टीकापुर पीडितका लागि माघी महोत्सवमा १६ हजार बढी संकलन

टीकापुर घटनामा आरोपित राजबन्दीका छोराछोरीहरुको शिक्षाको लागि रकम संकलन अभियानबाट १६ हजार ८ सय २१ रुपैया संकलन भएको छ ।महोत्सवको अवधिमामा संकलन गरिएको रकमको बक्स थारु राट्रिय माघी महोत्सवका आर्थिक संयोजक शिव चौधरी, उप संयोजक सिताराम र नव ज्योति नेपालका अध्यक्ष रेनुका श्रेष्टको रहोबरमा खोलिएको थियो।

टीकापुर घटनामा आरोपित कैलाली कारागारमा राजबन्दी जीवन विताइरहेका छोराछोरीहरुको शिक्षाको लागि थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक समिति काठमाडौं र नवज्योति नेपालले संयूक्तरुपमा रकम संकलन अभियान सञ्चालन गरेको छ ।

थरुहट आन्दोलनको क्रममा २०७२ भदौ ७ गतेका दिन कैलालीको टिकापुरमा भएको हिंसात्मक झडपमा परी एसएसपीसहित आठ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो । त्यही घटनाको आरोपमा २५ जना थारु कैलाली कारागारमा राजबन्दी जीवन विताइरहेका छन् । उनीहरुमध्ये आर्थिक अवस्था एकदमै कमजोर भएका परिवारलाई बालबालिकाहरुको अध्ययनकोलागि सो अभियान सञ्चालन थारु अगुवा स्माईल चौधरीले जानकारी दिए ।

उनले यो अभियान माघ र फागुन महिनाभरि सञ्चालन गरिने बताउँदै फेसबुकमार्फत अभियान चलाउने जानकारी दिए । उनले संकलित रकम नव ज्योति नेपालको खाता नं. ०३०१०१७५००७५९ मा जम्मा गर्ने बताए ।

Leave a Reply

Your email address will not be published.