कतारमा मनाइयो भब्य माघी, थाकस अध्यक्षमा अरविन्द चौधरी चयन

थारु कल्याणकारिणी सभा कतार च्याप्टरले थारुहरुको नयाँ वर्ष माघी मनाएका छन्। ‘जातीय पहिचानको संरक्षण प्रवर्द्धन, शैक्षिक आर्थिक सामाजिक उत्थान हाम्रो समर्पण’ भन्ने मूल नाराकासाथ माघी महोत्सव मनाएका हुन्। कतार च्याप्टरका सभापति इन्जिनियर अन्जनी कुमार पञ्जियारको अध्यक्षतामा भएको कार्यक्रम मञ्जु चौधरीले सञ्चालन गरेकी थिइन्।

राष्ट्रिय गीतबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि लिलम चिडी मगर दिप प्रज्वलन गरी औपचारिकरुपमा  कार्यक्रमको उद्‍घाटन गरेका थिए। कार्यक्रमा संस्थाका सदस्य शान्ति चौधरीले स्वागत मन्तव्य राखेकी थिइन्। माघी पर्वबारे थारु कल्याणकारिणी सभा नेपालका पूर्व केन्द्रीय सदस्य रामलगन चौधरीले शुभकामना दिँदै माघी नेपालमा बसोबास गर्ने सबैभन्दा पुरानो आदिवासी जनजाति थारू समुदायले मनाउने प्रमुख चाड भएको बताए। माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको र नयाँ वर्षको रुपमा मनाइने सबैभन्दा ठूलो पर्व रहेको बताए। पुस मसान्तमा आ-आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरू गर्ने प्रचलन रहेको उनले बताएका थिए।

त्यस्तै लिलमचिडी मगरले थारु समुदायको उत्थानको लागि शैक्षिक जनचेतना फैलाउनुपर्ने बताए। आर्थिक समृद्धिसँगै सामाजिक रुपान्तर तिर जानुपर्ने उनको जोड थियो। एनआरएनए एनसीसीका अध्यक्ष विनेश तामाङले एनआरएनएले थारु समुदायको विशेष चाड मनाउन सधैं सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि एनसीसी कतार पूर्णरुपले सहयोग गर्ने बताए।

कार्यक्रममा कलाकारहरुले थारु संस्कृति झल्किने नृत्य प्रस्तुत गरेका थिए।  त्यस्तै सोही अवसरमा आयोजित कतार च्याप्टरको चौथो अधिवेशनले अरविन्द कुमार चौधरीको अध्यक्षतामा २५ सदस्सीय कार्यसमिति सर्वसम्मतिबाट चयन गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका कार्यबाहक अध्यक्ष लिलम चिडी  मगर थिए। विशेष अतिथिमा आदिवासी जनजाति महासंघ कतारका पूर्वअध्यक्ष सियाराम चौधरी, थारु कल्याणकारिणी सभा कतार च्याप्टरका संरक्षक इञ्जिनियर सिताराम चौधरी, एनआरएनए एनसीसी कतारका अध्यक्ष विनेश तामाङ, थारु कल्याणकारिणी सभा नेपालका पूर्वकेन्द्रीय सदस्य रामलगन चौधरी, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष रामहरि गैरे,  तराई मधेस प्रवासी मञ्चका संयोजक हुसेन खान, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका सल्लाहकार सुकबबहादुर तामाङ सहभागी थिए।

त्यस्तै नेपाल मगर संघ शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगर, किँरात याक्थुम चुम्लुङ्गका सचिव सागर तुंम्बाहाङ्फ्ये, तमु गुरुङ समाजका महासचिव खुसीमान गुरुङ, किँरात राई यायोख्या शाखा कतारका कार्यबाहक अध्यक्ष लोकबहादुर राई,  नेपाल प्रवासी तामाङ समाजका उपाध्यक्ष तेजबहादुर मोक्तान तामाङ,  सुनुवार सेवा समाजका संरक्षक पुरुषोत्तम सुनुवार,  प्रवासी भुजेल सेवा समाजका अध्यक्ष नियम भुजेल, नेवा पुःच कतारका अध्यक्ष उपेनरत्न शाक्य, माझी सेवा समाजका महासचिब प्रेम माझी, तमू प्येँ ल्हूँ सघं कतारका, शिवराज तमु गुरुङ,  नेपाली महिला समाज कतारका अध्यक्ष श्रीमती रेखा राई, मोरङ सुनसरी सेवा समाजका सल्लाहकार सुभास गौतम, सर्लाही प्रवासी सेवा समाजका सल्लाहकार कुमार न्यौपाने सहभागी थिए।

त्यस्तै पाल्पा सेवा समाजका सचिव दुर्गा आधिकारी, त्यस्तै गरी समाजसेवी तथा बुद्धिजीबीहरुमा कमलमणि गुरागाई, महम्मद मुक्तादा मुसलमान, थारु कल्याणकारिणी सभाका सल्लाहकारहरु इञ्जिनियर अर्जुन कुमार चौधरी, अरुण कुमार भगत, सहकोशाध्यक्ष सूर्यनारायण चौधरी, उपमहामन्त्री चादँनी चौधरी, महिला सदस्य शान्ति चौधरी, मञ्जु चौधरी, सांस्कृतिक संयोजक घनश्याम चौधरी, सांस्कृतिक उपसंयोजक अरुण चौधरी, माघी महोत्सव तथा चौथो महाधिवेशन २०१७ का संयोजक अरविन्दकुमार चौधरी थिए।

Leave a Reply

Your email address will not be published.