थारु पत्रकार संघद्वारा माघी मिलन कार्यक्रम

नागेन्द्र चौधरी/कलैया।

थारु पत्रकार संघ बारा कर्यालयको समुदघाटन तथा माघी मिलन कार्यक्रम बुधबार सम्पन्न भएका छन् । बाराको सदरमुकाम कलैयास्थित रहेको थारु सेवा सदनमा थारुहरुको महान चाड माघे संक्रान्तीकोे अवसरलाई लक्षित गरी थारु पत्रकार संघ जिल्ला कार्य समितिले माघे मिलन अर्थात शुभकामना आदान– प्रदानको साथै कार्यालय उद्घाटन गरीएका थिए।

थारु कला संस्कृती हाम्रो पहिचान, संरक्षण र प्रबर्धन गर्ने हाम्रो अभियान, भन्ने मुल नाराका साथ भब्य र सभ्य तरिकाले कार्यक्रम सफल गरेका बारे नेपाल पत्रकार महासंघका अध्यक्ष कमल कुमार उपाध्यायले जोड दिए। साथै थारुहरुको हक अधिकार सुनिश्चित गर्नको निमित कलम चलाउन थारु पत्रकारहरुले पछि पर्न नहुने समेत दाबी गरेका थिए।

कार्यक्रममा थारुहरुलाई चिनाउने भेषभुषा , कला, लवाईखुवाईका साथै भब्यरुपमा कार्यक्रम सम्पन्न भएका छन् । अतिथीहरुलाई थारुहरुको परिकार घोङगी, माछा, मसुलार, भुजाको डलो, तिलको डलो, हासको मासु लागएतका परिकारबाट स्वागत गरेका थिए । उक्त कार्यक्रममा थारु समुदायको मनोरंजनात्मक कार्यक्रम लगायत साँस्कृतिक झल्काउने नृत्य तथा कबिता वाचन समेत गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धर , राप्रपाका केन्द्रिय सदस्य गिरधारी चौधरी , पोलिट व्यूरो सदस्य तपेश्वर राय थारु , प्रेस चौधरी नेपालका केन्द्रिय सदस्य प्रकाश लामसाल , नेकपा संयुक्त पार्टीका केन्द्रिय सदस्य विनोद चौधरी , थारु कल्याणकारीका सभापती रामप्रसाद चौधरी , थाकसका केन्द्रिय पार्शद सुवंस प्रसाद चौधरी , नेपाल परिवार दलका अध्यक्ष्ँ रामचन्द्र चौधरी , मधेसी जन अधिकारी फोरम लोकतान्त्रीक पार्टीका अध्यक्ष्ँ ओम प्रकाश चौधरी , समा चकेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मी चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रेस चौतारी नेपाल बाराका अध्यक्ष दिवार भण्डारी , रिपोर्टस कल्बका अध्यक्ष सिकेन्द्र पासवान , महिला पत्रकार संजालकी अध्यक्ष सृजा थापा , नेपाल आदिवासी जनजाती पत्रकार महासंघ बाराका सल्लाहकार सत्य प्रकाश श्रेष्ठ , मधेसी पत्रकार समाजका अध्यक्ष पन्नालाल दास , मधेस मिडिया हाउसका अध्यक्ष संजय तिवारी , प्रेस युनियन बाराका उपाध्यक्ष उपेन्द्र यादव लगायत विभिन्न संचारकर्मीहरुको विषेश उपस्थिति थियो।

संघका अध्यक्ष रेनु चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मान्नीय सांसद दिलमाया धामी थिइन्। कार्यक्रमको संचालन संघका सदस्य मोहित चौधरीले गरेका थिए , भने स्वागत मन्तव्य संघका उपाध्यक्ष जियालाल चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.