खिचरा महोत्सवका लागि नृत्य प्रतियोगिताको अडिसन

कारी महतो/खैरहनी।

चौथो खिचरा महोत्सव २०७३ को नृत्य प्रतियोगिताको आज अडिसन राउण्ड सकिएको छ । ४३ जनाले नाम दर्ता गराएकोमा अडिसनबाट १५ जना छनौट भएका छन् । छनौट भएका प्रतियोगीहरुले २९ गते हुने सेमिफाइनल राउण्डमा खिचरा महोत्सवको स्टेजबाट आफ्ना नृत्यहरु प्रदर्शन गर्ने कुरा नृत्य प्रतियोगिता कार्यक्रमका संयोजक हरिशरण चौधरीले जनाएका छन् ।

सेमिफाइनलबाट सात जना उत्कृष्ट प्रतियोगीहरु ४ गते हुने फाइनल राउण्डमा प्रवेश गर्ने छन् । फाइनलमा प्रथम द्वितीय र तृतीय हुनेलाई नगद १० हजार, ७ हजार र ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ भने चार जनालाई जनही नगद एक हजार शान्तवना पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने छ ।

पर्सा रिल्याक्सिङ्ग एण्ड रिफ्रेस सेन्टरमा भएका अडिसनको निर्णायकमा नृत्य निर्देशक सुरेश चौधरी, साँस्कृतिक कार्यक्रम व्यवस्थापन समितिका संयोजक जयश चौधरी, मञ्ज व्यवस्थापन समितिका संयोजक रामचन्द्र चौधरी रहेका थिए ।

Leave a Reply

Your email address will not be published.