प्रअ र लेखापालद्वारा विद्यालयमा हिनामिना

नागेन्द्र चौधरी/कलैया।

बाराको गाविस पिप्राबसतपुरमा रहेका श्री जनता माध्यमीक विधालयका प्रचार्य तथा लेखापालले विधालयको हिसाब किताब हिनामिना गरेको भन्दै विधालयमा तालाबन्दी गरेका छन् ।
विधालयका प्रचार्य लिलाम्बर झा र लेखापाल विश्वजित चौधरीले विधालयका हिसाब किताबमा हिनामिना गरेकाले स्थानीय अभिभावकहरुले सोमबारदेखि तालाबन्दी गरेका छन् । स्थानीय कुलमनी चौधरीको नेतृत्वमा गएका अभिभावकहरुको टोलीले तालाबन्दी गरेका छन् ।
हिसाब किताब पार्दशीता नभएकाले उनीहरुले तालाबन्दी गरेका श्रोतले जानकारी दिए । स्रोतका अनुसार प्रर्चाय झा तथा लेखापाल चौधरीको मिलोमतोमा विधालयमा आएका विभिन्न शिर्षकहरुको कबिर २० लाख रुपैया हिनामिना गरेको बताए ।
गत मंसिर २२ गते विधालयमा बसेको अभिभावकहरुले विधालयमा आएका बजेटहरुको बारेमा छलफल गर्दा प्रर्चाय झा तथा लेखापाल चौधरीले विधालयको रकम हिनामिना गरेकाले पाँच दिनको म्याद दिई रकम झिकाउने निर्णय गरेका थिए । तर प्रचार्य झा र लेखापाल चौधरीले विधालयमा नै उपस्थिती नहुने गरेका जानकारी दिए ।

यस बारेमा विधालयका प्रचार्य झाको मोबाईल नम्बर ९८५४०२८३६१ मा फोन गर्दा फोन उठाएनन् । भने लेखापाल चौधरीको मोबाईल नम्बर ९८४५९१३०२३ मा फोन गर्दा सम्पर्क हुन सकेनन् । विधालयको हिसाब किताब पार्दर्शिता नभएसम्म विधालयमा तालाबन्दी नै रहने स्रोतले दावी गरे ।

Leave a Reply

Your email address will not be published.