जनजाति महासंघमा थारु समुदायबाट प्रेमीलाल चौधरीले कोषाध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं- आदिवासी जनजाति महासंघको नवौं महाधिवेशनमा थारु कल्याणकारिणी सभाका उपाध्यक्ष प्रेमीलाल चौधरीले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। उनले थारु समुदायको प्रतिनिधित्व गर्दै महासंघको महाधिवेशनमा उम्मेदवारी दिने भएका हुन्।

उनले महासंघभित्रको आर्थिक पार्दिशता ल्याउनका लागि आफूले कोषाध्यक्षमा उम्मेदवारी दिन लागेको बताए। महासंघको आज चितवनको भरतपुरमा नवौं महाधिवेशनको उद्‍घाटन हुँदैछ।

भोलि आइतबार बन्द सत्र हुने मूल आयोजक समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published.