सीमाकुमारी चौधरीको रहस्यमय मृत्यु

महोत्तरीको महोत्तरी गाविस-६ अनैठा गाविस निवासी नागेन्द्र चौधरीकी १५ वर्षीया सीमाकुमारी चौधरीको मृत्युमा प्रहरीले आशंका गरेको छ। मृतक युवतीको शव उनी सुत्ने कोठामा सलको पासो लगाई झुन्डिरहेको अवस्थामा प्रहरीले आज बिहान बरामद गरेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिए।

परिवारले युवती आफैंले सलको पासो लगाई आत्महत्या गरेको बताएका छन् भने घटना रहस्यमय भएकाले अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। रासस

Leave a Reply

Your email address will not be published.