नवलपरासीका थारु अगुवाहरु काठमाडौंमा, प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै

थारु कल्याणकारिणी सभा (थाकस) नवलपरासीको एक टोली प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउन काठमाडौं आएको छ। अध्यक्ष गणेशमान महतोको नेतृत्वमा एक दर्जन टोली काठमाडौं आएका हुन्।
थारु बाहुल्य नवलपरासीलाई ५ नम्बर प्रदेशमा राख्नुपर्ने मागसहित उनीहरु काठमाडौं आएका हुन्। नेताहरुले आफूखुसी नवलपरासीलाई ४ नम्बर प्रदेशमा राखेको भन्दै आफूहरुलाई ५ नम्बरमा राख्न मागसहित काठमाडौं आएको थाकस नवलपरासीका अध्यक्ष गणेशमान महतोले थारुवानलाई बताए। ‘नेताहरुले आफूखुसी सीमांकन गरेका छन्। जुन कुनै हालतमा मान्दैनौं। हामीलाई ५ नम्बर प्रदेशमा राखिनुपर्छ,’ उनले भने।

उनका अनुसार भोलि (मंगलबार) बिहान ११ बजे प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने समय मिलेको छ। त्यसअघि रिपोर्टस् क्लबमा पत्रकार सम्मेलको आयोजना हुने उनले बताए। पत्रकार सम्मेलनमा सबै थारु अगुवा र पत्रकारहरुलाई उपस्थित भइदिन आग्रह पनि उनले गरेका छन्।
उनीहरुले आफ्नो माग पूरा गराउन जिल्लाब्यापी अभियान सडकमा चक्काजामको कार्यक्रम गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published.