कैलाली-कञ्चनपुर सुदूरपश्चिममै रहन्छ : देउवा

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका धेरै विषयमा दलहरुबीच सहमति भइसकेको बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आइतबार बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले छिट्टै संविधान संशोधन हुने र स्थानीय तहको चुनाव हुने बताए ।

‘चैतभित्रै स्थानीय तहको निर्वाचन हुन्छ,’ सभापति देउवाले भने । सङ्घीय संरचनामा १० प्रदेश हुन नसक्ने उनले स्पष्ट पारे । उनले कैलाली-कञ्चनपुरसहितको सुदूरपश्चिम एक प्रदेश नै रहने बताए ।

मिडियाले अङ्गीकृतलाई कार्यकारी पद दिने हल्ला चलाएको भन्दै त्यसमा सत्यता नभएको स्पष्ट पारे । पार्टीभित्र भागबन्डाको राजनीति बढेको विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा सभापति देउवाले सबैलाई मिलाएर लैजानुलाई भागबन्डा भन्न नमिल्ने तर्क गरे । पार्टी पदाधिकारी चयन र विभागले चाँडै पूर्णता पाउने पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published.