सन्तोष दहित।
शनिवारको दिन स्कूल बन्द थियो। बन्द भएको दिन एउटा स्कूलको प्राङगानमा आ-आफ्ना बालबालिकाहरुसंग अभिभावहरु खचाखच बसिरहेका थिए । उनीहरु एउटा कार्यक्रम हेर्न र भाग लिन त्यहाँ उपस्थित भएका थिए । बैजापुर-४, बाँके स्थितरहेको श्री जनशक्ति माध्यमिक विद्यालयको प्राङ्गनमा शनिबारको दिन पारेर ग्रामिण महिला उत्थान केन्द्र घोराहीले आर्थिक शिक्षा तथा जिविको पार्जन कार्यक्रमअन्तर्गत ‘पढाई प्रवद्धन मेला कार्यक्रम’ को आयोजना गरेको थियो।
उक्त कार्यक्रममा ‘सगैं सिकौसँगै बढौं’ परियोजना अन्तर्गत अभिभावक र बालिबालिकाहरुलाई संगै राखेर फरक किसिमले विभिन्न प्रतियोगिता गराइएको थियो । कार्यक्रममाको स्टेजमा एउटा टेवलमा विभिन्न थरिका तरकारी, फलफुलहरुको राखिएको थियो । सोही कार्यक्रममा एक अभिभावक सहित एक बालकसँगै आए । अनि उनीहरु आ–आफ्नो परिचय दिए । आमा प्रमिला थारुले आफ्नो छोरा रोहितलाई थारु भाषामा प्रश्न गर्दै भनिन्, ‘यी का हो छावा ?, छोराले ‘यी भेन्दी हो डाई ।’ यस्तैगरि आमाले सोध्दै गइन छोराले सवै फलफुल र तरकारीको बारेमा उत्तर दिँदै गए । कार्यक्रम हेर्न आएका सहभागिहरु ध्यानपुर्ववक सुनिरहे । यसरी नर्सरीमा पढिरहेका सानो बालकको उत्तर सुन्दा त्यहा उपस्थित सहभागिहरु अचम्म पर्दै गए ।
नेपाली भाषामा सोध्दा उत्तर दिन नसक्ने ती बालबालिकाहरुले आफ्नै भाषामा सोध्दा खुरु खुरु उत्तर दिन्थे । कार्यक्रम हेर्न आएका अन्य सहभागिहरुले कानेखुशि कुरा गर्दै थारु भाषामा भनिरहेकाथिए ‘हामा छावा फे स्कूलम नेपाली भाषाम बुझ्बु नै कर्ठुइ ना, हेरो ट उ लौरा थारुम बोल्लसे ट सक्कु जानडरठा जे ना’ यसरी कार्यक्रमम थारुमा सोध्दा सवै भन्ने नेपालीमा भन्दा अप्ठ्यारो मानिरहेकाथिए ति बालबालिकाहरु ।
यसैसँगै थारु भाषाका कथा बाचन, थारु, नेपाली शब्द अन्ताक्षरी, गणित दौडमा अभिभावकसंगै प्रतियोगिता गराईएकोथियो । आफुले जानेको कुरा छोराछोरीलाई सिकाउने र छोराछोरीले जानेको कुरा आफ्नो अभिभावकलाई सिकाइरहेको उक्त कार्यक्रममा सवैले नौलो अनुभुति गरिरहेका थिए । कार्यक्रममा सवैको भनाईथियो, अब बालबालिकाहरुको पढाईमा निखारता संगै अन्य गतिवधिमा पनि उनिहरुको आफ्नै भाषामा अभ्यास गराउदा र अध्यापन गराउदाँ छिटो र सहज तरिकाले बुझ्ने श्री भुयर भवानी उमावि विनौना बाँकेका शिक्षक रामप्रसाद चौधरीले बताए । अझै पनि थारु बस्तीरमा रहेका विद्यलायमा नेपालीभाषाम पढाई भएका कारणले धेरै बालबालिकाहरु दोस्रो भाषा सिक्न धेरै समय लाग्ने गर्दछ । जसले गर्द थारु समुदायका बालबालिकाहरु यहि कारणले पनि कम्जोर हुने गरेको उनले बताए । यदपी नेपाल सरकारले बहुभाषिक शिक्षाको निती ल्याएपनि स्थानिय तहमा भने त्यो शिक्षा लागु हुन सकिरहेकोछैन । केहि गाउँमा मातृभाषमा पढाई भएपनि त्यो राज्यले गर्न सकिरहेको छैन ।
यसैगरि अभिभावक संगै बालबालिकाहरुलाई संगै राखेर अध्यापन र अध्ययन गर्ने कार्यले गर्दा घरको सिंगो परिवारमा पनि शिक्षाको दियो बल्ने महसुस गरेको चौधरीले बताए । यो सिकाइले साँचिकै परिवारमा मात्र नभएर समाजमा पनि सकारात्मक सन्देश दिएको उनले भने । आफुले जानेको कुरा बालबालिकाहरुलाई सिकाउने र आफुले नजानेको कुरा बालबालिकाहरु संग सिक्नु छुट्टै मजा आउने गरेको पनि चौधरीले भने । यस्तो खालको कुरामा गाउँघर समाजमा सवैले सिक्नुपर्ने जरुरीरहेको चौधरीको भनाई थियो । एनजिओहरुको सहयोगमा अहिले दाङ र बाँकेका केही गाविसमा भने मातृभाषामा पढाई भइरहेको छ । विश्व शिक्षा काठमाण्डौको सहयोगमा ग्रामिण महिला उत्थान केन्द्र र बेस नेपालको सहकार्यक्रमा दाङ र बैजापुरका केहि गाविसका स्कूलमा पढाईभइरहेको छ । बालबालिकाहरुको पढाईमा निखारताको ल्याउनलागि उनिहरुकै भाषामा केहि सहज होस भनि हामीले यो परियोजना सुरु गरेको ग्रामिण महिला उत्थान केन्द्रका अध्यक्ष आशामानी चौधरीले बताइन । बालबालिकाको शिक्षा संगै अभिभावहरुको पनि जिविका पार्जनका लागि विभिन्न सहयोग गर्दै आइरहेको उनले बताइन् ।