कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, नतिजा हेर्नुहोस् !

रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखा नेपालसँगको समन्वयमा कोरियाको मानव संसाधन विकास विभागले रोजगार अनुमति प्रणालीअन्गर्तत लिएको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सन् २०१७ मा दक्षिण कोरियाका लागि आवश्यक नेपाली कामदार लैजान गरिएको उक्त परीक्षाको नतिजा एचआरडी कोरियाले मंगलबार सार्वजनिक गरेको हो।

नतिजाअनुसार कुल ३ हजार ५ सय १७ जना भाषा परीषामा उत्तीर्ण भएका छन्। यस मध्ये २ हजार १ सय ४० जना कृषि तथा पशुपालनतर्फ र १ हजार ३ सय ७७ जना उत्पादनमूलक उद्योगतर्फ काम गर्न चाहनेहरु रहेको इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले बताए। यस मध्ये ३ सय ३४ महिला र ३ हजार १ सय ८३ जना पुरुष रहेका छन्।

परीक्षाको नतिजा http://www.dofe.gov.np मा हेर्न सकिने छ।

यस नतिजामा उत्तीर्ण भएकाहरुले कामका लागि कोरिया जान स्वास्थ्य परीक्षणमा राम्रो नतिजा आउनु पर्ने हुन्छ। स्वास्थ्य परीक्षणमा सफल हुनेहरुले रोजगार आवेदन फारम भर्न पाउँछन् । त्यस्तै, आफूसँग भएको सीपको परीक्षण गराउन चाहनेले परीक्षण पनि गराउन सक्ने व्यवस्था रहेको उनले बताए।

सन् २०१६ का लागि भाषा परीक्षा उत्तीर्ण गरेका ८ हजार ४ सय ९० मध्ये ५ हजार ७ सय जना कोरिया पुगिसकेको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.