पुनर्स्थापनाको लागि मुक्त कमैयाको गर्जन

पुनर्स्थापनाका लागि कैलालीमा मुक्त कमैयाहरुले बिशाल र्याली निकालेका छन् । र्याली मुक्त कमैयासँग सम्बन्धित संघ संस्थाका आयोजनामा सम्पन्न भएको थियो।  धनगढी ट्राफिक चौराहादेखि सुरु भएको जुलुस जिल्ला विकास समितिको गेटमा कोण सभामा परिणत भएको थियो । त्यसपछि त्यो जुलुस जिल्ला प्रशासनमा पुगी समापन भएको थियो ।

कार्यक्रममा मुक्त कमैया दिलरानी चौधरी मुक्त कमैया महिला बिकासका प्रतिनीधि इन्द्र चौधरी थरुहट स‍युक्त स‍‍घर्ष समितिका संयोजक कुन्दन चौधरी, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कृष्णप्रसाद चौधरी, एमालेका प्रतिनीधि दीर्घराज जोशी, मुक्त कमैया बिमला चौधरी, सदभावना पार्टी राजेन्द्र महतोका प्रतिनीधि फोनिराम चौधरी, स‍घीय समाजवादी फोरमका केन्द्रीय सदस‌्य होरीलाल चौधरी, मधेशी जनअधिकार फोरमका जिल्ला कोषाध्यक्ष गया कुश्मी, नेपाली कांग्रेसका प्रतिनिधि दिपक जोशी, मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपतिले सम्बोधन गरेका थिए ।

मुक्त कमैया अगुवा पशुपतिले मुक्त कमैयाहरुको समस्या समस्धान नभए ज्यानको बाजी लगाउनसमेत पछि नपर्ने चेतावनी दिएका थिए। कार्यक्रममा हजारौंको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published.