बसको ठक्करबाट साइकलयात्री प्रतिमा चौधरीको मृत्यु

सुनसरी जिल्लाको रामधुनीभासी नगरपालिका–५ झुम्काबजारमा आज बिहान पश्चिमबाट पूर्वतिर आउँदै गरेको ना४ख ७३९४ नंको बसको ठक्करबाट साइकलयात्री १९ वर्षीया प्रतिमा चौधरीको मृत्यु भएको छ।

इटहरी उपमहानगरपालिका–१५ एकम्वा निवासी प्रतिमा बसले ठक्करबाट गम्भीर रुपमा घाइते भएकी थिइन्। उपचारका लागि जिल्ला अस्पताल इनरुवातिर लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ।

ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.