भिडियोमा वर्षा लेखी : सेतो गाउनदेखि बिकनीसम्म

मिस इन्टरनेशनल सुन्दरी प्रतियोगितामा सहभागी हुन जापान पुगेकी वर्षा लेखीले अन्तिम स्पर्धामा गाउनदेखि बिकनीसम्मका पहिरणमा देखिइन्। उनले राष्ट्रिय पहरणमा कलात्मक प्यागोडा शैली भएको मन्दिरको ताज र पहेँलो रंगको लेहेँगा पहिरिएकी थिइन्। दोस्रो राउन्डमा उनले पहेँलो रंगको बिकनीमा प्रस्तुत भइन्। तेस्रो राउन्डमा भने उनी सेतो गाउनमा सजिएर स्टेजमा देखा परिन्।
भिडियो हेर्नुस्:

जापानको टोकियोमा भएको ५६औं मिस इन्टरनेशनल प्रतियोगितामा उनले उत्साहजनक प्रस्तुती दिए पनि अन्तिम १५ मा पर्न सफल भइनन्। यसका बावजुद उनले अत्याधिक भोट पाएर मिस्सोलोजी पिपुल्स च्वाइस अवार्ड हात पारिन्।

अवार्डसँगै उनले आफू खाली हात नभइ सबैको मायाले पाएको अवार्ड जितेर फर्किरहेको बताइन्। उक्त अवार्ड दिलाउनुमा सबै नेपालीको सहयोग रहेको उनले बताइन्।

हेर्नुस् भिडियो: 

Leave a Reply

Your email address will not be published.