वर्षा लेखीले जितिन् Missosology पिपुल्स च्वाइस अवार्ड [भिडियोसहित]

मिस इन्टरनेशनलमा सहभागी हुन जापान गएकी वर्षा लेखीले Missosology पिपुल्स च्वाइस अवार्ड जितेकी छन्। अनलाइन भोटिङको आधारमा दिइने यो अवार्डका लागि लेखीले ३३ हजार ८ सय ४२ भोट ल्याउँदै प्रथम भएकी थिइन्। भोट गर्ने सबैलाई वर्षाले धन्यवाद दिएकी छन्। यो भोट पाउन सबैले उतिकै मेहनत गरेकाले यो अवार्ड सबैसँग सेयर गर्न चाहेको उनले उल्लेख गरेकी छन्।

टोकियोमा भएको अन्तिम स्पर्धामा पनि उनले राम्रो प्रदर्शन गरेक थिइन्। तर उनी अन्तिम १५ भित्र पर्न सकिनन्।

यस वर्षको मिस इन्टरनेशनलको ताज भने फिलिपिन्सकी किली भर्जोसाले जितेकी छन्। पहिलो रनरअप अष्ट्रेलियाकी अलेक्स्न्द्रा, सेकेन्ड रनरअप इन्डोनेसियाका फेलिसिया, तेस्रो रनरअप निकारागुवाकी ब्रिआनी र चौथो रनरअप अमेरिकाकी केटिराना भइन्।

वर्षाले यसरी दिइन् सबैलाई धन्यवाद।

Leave a Reply

Your email address will not be published.