संघीय गठबन्धनले भन्यो- महाभियोगबारे थाहा छैन

सङ्घीय गठबन्धन केन्द्रीय आन्दोलन मूल परिचालन समितिले व्यवस्थापिका–संसद्मा दर्ता भएको महाभियोगको प्रस्तावका बारेमा आफूहरु स्पष्ट नभएको जनाएको छ । गठबन्धनको आज बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग लगाउँदा आफूहरुसँग कुनै सल्लाह नगरिएको र महाभयोग के हो त्यो स्पष्ट नभएकाले यी विषयका सन्दर्भमा स्पष्टता आएपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निर्वाचनका बेला नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले सङ्घीय गठबन्धनसँग गरेको तीनबुँदे सम्झौता कार्यान्वयन गर्नाको सट्टा समस्यालाई अझै अल्झाउने र आफ्नो मागलाई ओझेलमा पार्ने काम भएको आरोप लगाउँदै गठबन्धनले सहमतिप्रति प्रतिबद्ध भई अक्षरशः कार्यान्वयनका लागि सरकारलाइ सचेत गराएको छ ।

Leave a Reply

Your email address will not be published.