सांसदको डेराबाट नगद, सुन र ल्यापटप चोरी

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवको डेराबाट नगद, सुन र अन्य मालसामान चोरी भएको छ। काठमाडौं महानगरपालिका– ३५ शान्तिनगरमा डेरा गरी बस्दै आउनुभएका यादवको कोठाबाट शुक्रबार रु ८० हजार, डेढ–डेढ तोलाका दुई थान सुनका सिक्री तथा एक÷एक थान ल्यापटप र क्यामेरा चोरी भएको हो।

सांसद यादवका अनुसार कागेश्वर मन्दिर नजिक रहेको घरको मूलगेट फोडी कोठाको दराज फुटाएर भित्रका सरसामान चोरी भएको छ । उनी घरको पहिलो तलामा बस्दै आएका थिए। सांसद यादवको सपरिवार दसैं मनाउन जनकपुर गएका थिए । फर्कंदा कोठाहरु ह्वाङ्ग थिए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.