बर्दिया मगरागाढी–३ धोबिया बस्ने १७ वर्षीय अविशेष चौधरीको सर्पले टोकेर शुक्रबार मृत्यु भएको छ। खेतमा मुसा मार्ने क्रममा प्वालमा हात हाल्दा सर्पले टोकेर उनी घाइते भएका थिए। उपचारको लागि जिल्ला अस्पताल गुलरिया ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्वालमा हात हाल्दा सर्पले टोकेर अविशेष चौधरीको मृत्यु
