माटोले पुरिएकी उदयपुरकी सीतादेवी चौधरीको मृत्यु

जङ्गलमा कमेरो माटो खन्ने क्रममा घाइते भएकी उदयपुर बेल्टार बसाहा नगरपालिका– ७ बस्ने वर्ष ४८ की सीतादेवी चौधरीको उपचारको क्रममा मृत्यु भएको छ । जङ्गलको खानीमा कमेरो खन्न लाग्दा माथिबाट खसेको पहिरोले पुरेर घाइते भएपछि उपचारको लागि सुनसरीस्थित धरानको बिपी मेमोरियल अस्पतालमा उपचार गराउँदा हिजो उनको मृत्यु भएको थियो ।

चौधरीसँगै गएका साथीले उनलाई उद्धार गरेर अस्पताल पु¥याएका थिए तर उपचारकै क्रममा उनको मृत्यु भएको बेल्टार इलाका प्रहरी कार्यालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published.