भारतीय सेना पाकिस्तान प्रवेश गर्योः दुई पाकिस्तानी सैनिक मारिए

भारतीय सेनाले पाकिस्तानी सीमा रोखाभित्र प्रवेश गरेर दुई सैनिकलाई मारेको छ । बिहीबार बिहानै सीमा क्षेत्रमा भारतीय सैनिक टुकडीसँग भएको गोली हानाहानमा पाकिस्तानका दुई सैनिक मारिएको पत्रकार सम्मेलन गरेर भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंहले जानकारी दिएका छन् ।
गतसाताबाट भारत र पाकिस्तानका बीचमा चर्किएको विवादले अन्तिम रुप लिएको हो । गत साता भारत प्रशासित काश्मीरस्थित उरीमा सैनिक अखाडामा भएको आतंकवादी हमलापश्चात भारतले पाकिस्तानको सीमा क्षेत्रमा नियन्त्रण बढाएपछि विवाद अझ बढी चर्किएको हो ।
बिहीबार मात्र पत्रकार सम्मेलन गरेर भारतीय सेनाका लेफ्टिनेन्ट सिंहले भने, ‘यो हमला बुधबार राती गरिएको थियो । जब सीमा नियन्त्रण रेखामा आतंकवादी जम्मा हुँदैछन् भन्ने पक्का जानकारी हामीलाई प्राप्त भयो तब आक्रमण भयो ।’
बिहीबार बिहान २ः३० देखि ८ बजेसम्म भारत–पाकिस्तान सीमामा दोहोरो गोली हानाहान भएको थियो ।
पाकिस्तानले भारतीय सेनाले बिना कारण सीमा रेखामा गोली हानेको जनाएको छ । पाकिस्तानी टेलिभिजन मार्फत् प्रधानमन्त्री नवाज शरीफले भारतले खुला अत्याचार सुरु गरेको आरोप लगाएका छन् ।
उनले भनेका छन्, ‘हामी भारतको खुला अत्याचारको कडा शब्दले निन्दा गर्छौँ ।’ पाकिस्तानी प्रधानमन्त्री शरीफले आफ्नो रक्षाका लागि तयार रहेको समेत बताएका छन् ।
रेडियो पाकिस्तानका अनुसार प्रधानमन्त्री शरीफले आक्रमणको घोर भत्सर्ना गर्दै भनेका छन्, ‘हाम्रो मनशाय शान्ति हो त्यसलाई कमजोर नठानियोस् ।’

Leave a Reply

Your email address will not be published.