काठमाडौंमा भब्य जितिया मनाइयो, हेर्नुस् फोटो फिचर

राजधानीमा बस्ने थारु महिलाहरुले जितिया पर्व मनाएका छन्। जितिया पर्वको अवसरमा थारु महिला सभा र थारु महिला समाजले संयुक्त रुपमा आयोजना गरेको राष्ट्रिय जितिया पर्व महोत्सवमा थारुसँग सम्बन्धित विभिन्न नाचगान प्रस्तुत गरिएको थियो।

आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन तराई र मधेसका गाउँघर, सहरका महिलाले जितिया पर्व भव्यताका साथ मनाउने गर्छन्। पुत्रको सुखशान्ति र चिरायुका लागि महिलाले उपवास र प्राचीन विधिद्वारा पूजा गरेर यो पर्व मनाउने चलन छ।

tharu-jitiya-01आजको दिन थारु महिला जितिया मनाउन माइती जाने गर्दछन् भने माइती जान नसकेका महिला घरमा नै साथी जमघट भएर शुभकामना आदानप्रदान गरी मनाउने गर्छन्। सो अवसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले थारुको हकअधिकार संविधानमा केही सुनिश्चित गरिएको र केही अझै सुनिश्चित गर्न बाँकी रहेको बताए।

tharu-jitiya-02मन्त्री निधिले सरकारले थारु समुदायको हक अधिकार, संस्कार र संस्कृतिलाई राज्यले संरक्षण गर्ने बताए। तराईमा आदिवासी, थारु समुदायको आफ्नै पहिचान, भाषा र संस्कृति रहेको बताउँदै उनले भने, ‘थारुको हक अधिकारलाई राज्यले संरक्षण र सम्बद्र्धन गर्नेतर्फ लाग्नेछ।’

tharu-jitiya-03मुक्ति सङ्ग्रामका राष्ट्रिय अध्यक्ष डा ललन चौधरीले राष्ट्रको प्रमुख संवैधानिक अङ्गमा महिला पुगिसक्दा पनि थारु समुदायका महिलालाई राज्यले उपेक्षा गरिरहेको बताउँदै यसले उनीहरुको कला, संस्कृति र भाषालाई विभेद गर्नु सरह रहेको बताए।

थारु महिला समाजका अध्यक्ष तारा चौधरीले जितिया पर्वलाई सरकारले बेवास्ता गरेको बताउँदै तीज पर्वमा राष्ट्रिय बिदा दिने तर जितिया पर्वमा बिदा नदिएको गुनासो गरिन्।

तस्बिर सौजन्य : दिनेश गोले/नागरिक दैनिक

Leave a Reply

Your email address will not be published.