कैलालीका कार्यबाहक कृष्ण चौधरीलाई हटाएर रामचरणलाई जिम्मेवारी दिइयो

थरुहट थारुवान संयुक्त संघर्ष समितिको आन्दोलन परिचालन समितिले कैलालीको कार्यबाहक संयोजकको जिम्मेवारी थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य रामचरण चौधरीलाई दिएको छ। संयोजक लाहुराम चौधरी विगत एक वर्षदेखि टीकापुर घटनामा कैदी जीवन बिताइरहेका छन्।

लाहुराम पक्राउ परेपछि कैलाली समितिले कार्यबाहकको जिम्मेवारी कृष्णकुमार चौधरीलाई दिएको थियो। एक वर्षपछि आएर केन्द्रीय संयोजक धनिराम चौधरीको अध्यक्षतामा बसेको बैठकले नयाँ कार्यबाहक तोकेको हो।

त्यहाँको कार्यबाहकको जिम्मेवारी नयाँ शक्तिका कैलाली संयोजकसमेत रहेका कृष्णकुमार चौधरी निभाइरहेको छ नि? भनेर प्रश्न गर्दा आन्दोलन परिचालन समितिका प्रेमीलाल चौधरीले भने- ‘हामीले उहाँलाई बनाएका होइनौं। अहिले बल्ल रामचरणजीलाई कार्यबाहकको जिम्मेवारी तोकेका हौं।’

यसबारे कैलाली संघर्ष समितिमा बुझ्दा यसबारे कुनै खबर नआएको जानकारी दिइयो। संघर्ष समितिका प्रवक्ता माधव थारुले यसबारे कुनै जानकारी नभएको र सबैसँग सल्लाह गरेर औपचारिक निर्णय लिने बताए।

Leave a Reply

Your email address will not be published.