समावेशी कोटा छुट्याउँदै सेनामा जागिर खुल्यो

नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आहृवान गरेको छ । नेपाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले १५० जना क्याडेटका लागि दरखास्त आहृवान गरेको छ ।

जसअन्तर्गत महिला तर्फ १५, आदिवासी जनजाति तर्फ २२, मधेसीमा १९, दलिततर्फ १० र पिछडिएको क्षेत्र अन्तर्गत ३ पद तथा खुल्ला तर्फ ८३ पदका लागि विज्ञापन खोलिएको छ । सेनाले वेवसाइटबाट अनलाइन दरखास्त भर्न सकिने जनाएको छ ।

आवेदनका लागि जंगी अड्डढा, भद्रकाली, पूर्वी पृतना हेडक्वाटर इटहरी, मध्य पृतना हेडक्वाटर हेटौडा, पश्चिम पृतना पोखरा, मध्य पश्चिम पृतना सुर्खेत, सुदूर पश्चिम पृतना दिपायमा तोकिएको सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.