ट्र्याक्टरबाट खसेर सुनसरीका छेदन चौधरीको मृत्यु

सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको छ। रामधुनीभासी नगरपालिकाबाट बराहक्षेत्रको चतरा मलामी जाँदै गरेका ६० वर्षीय छेदन चौधरीको को १ त ६२५० नं को ट्र्याक्टरबाट खसेर मृत्यु भएको छ।

शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ। ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैबीच नरसिंह–९ बस्ने प्रकाश उराँवका दुई वर्षीय छोरा राकेशको घर नजिकै रहेको पोखरीमा खेल्ने क्रममा घाइते भई जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। रासस

Leave a Reply

Your email address will not be published.