महिला क्रिकेटरको प्रारम्भिक टोलीमा चार थारु चेली

आइसिसी महिला विश्वकप छनौट एसिया– २०१६ का लागि प्रारम्भीक नेपाली टोलीको घोषणा भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा गत साउन ८ देखि ११ गतेसम्म कीर्तिपुरमा भएको महिला राष्ट्रिय क्रिकेट छनोट प्रतियोगिताको प्रदर्शनका आधारमा पहिलो चरणमा ३८ खेलाडीको छनोट गरिएको हो ।

रुविना क्षेत्री, सन्तोषी चौधरी, सब्नम राई, ममता चौधरी, रश्मि शर्मा, काजोल श्रेष्ठ, कविता गौतम, अनिशा पराजुली, अनुराधा चौधरी, रोमा थापा, संगीता राई, शोभा आले, रचना अर्याल, सीता श्रेष्ठ, सारदा वाग्ले, अस्मिना कर्माचार्य, रोजी कडारी, आरती विडारी, रविना भण्डारी, इन्दु बर्मा, वर्षा राणा प्रारम्भीक टोलीमा परेका छन् ।

यस्तै सरस्वती पुन, लक्ष्मी चौधरी, नेरी थापा, ममता थापा, गीता गोसाईं, त्रिश्णा सिंह, रोशनी बोहरा, कविता जोशी, रेखा रावल, करुणा भण्डारी, रितु कनौजिया, सीता राना मगर, सरिता मगर, सोनु खड्का, ज्योति पाण्डे, नीरा राजोपाध्याय तथा विनु बुढाथोकी प्रारम्भिक छनोटमा पर्न सफल भएका छन् । क्वालिफायर अक्टोबर ९ देखि १५ गतेसम्म हङकङमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published.