पिटाई खाने पत्रकारले भने- दाेषीलाई कारबाही गरियाेस्

सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सञ्चारकर्मीको सुरक्षा एवम् संरक्षणको प्रत्याभुति हुनेगरि सरकारले छिट्टै प्याकेजमै निर्देशिका ल्याउने जानकारी दिएका छन् । काठमाडौंमा आयोजित अन्तर्क्रियामा सचिव थपलियाले संविधानले नै पत्रकारको सुरक्षाको प्रत्याभुति गरेको र त्यसलाई कार्यान्वयन गर्न छिट्टै नयाँ निर्देशिका ल्याउने बताएका हुन् ।

मन्त्रालयले स्थलगत रिपोर्टिङ्मा जाने पत्रकारको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा निकाय, गृहमन्त्रालय, सञ्चार मन्त्रालय, पत्ररकार र सम्बन्धित निकायवीच समन्वय गर्दै विशेष तालिमको व्यवस्था गरिने उनको भनाइ थियो ।

कार्यक्रममा गृहमन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले फिल्डमा खटिने पत्रकारलाई सुरक्षामा खटिने अधिकारीले नियतवश दुव्र्यवहार नगरेको दावी गरे । राष्ट्र सेवामा खटिने सबै निकायवीच समन्वय, समझदारी बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । त्यस्तै, सशस्त्र प्रहरी बलका प्रवक्ता अतिरिक्त महानिरिक्षक शैलेन्द्र खनाल र नेपाल प्रहरीका प्रवक्ता नायव महानिरिक्षक माधव जोशीले फिल्डमा खटिएका पत्रकारमाथि प्रहरीबाट दुव्र्यवहार भएको ठहरिए तत्काल छानविन गरी दोषीलाई कारवाही गर्ने स्पष्ट पारेका थिए ।

त्यस्तै, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले राष्ट्रिय सुरक्षा र संवेदनशिलताको बहाना बनाएर पत्रकारमाथि आक्रमण गर्न नपाईने भन्दै राजपत्रमा प्रकाशित भएअनुसार पत्रकारले न्यूनतम पारिश्रमिक पाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा पीडित पत्रकारद्धय किशोर चौधरी र चन्द्र आलेले आफूहरुमाथि भएको दुव्र्यवहारवारे स्पष्ट पार्दै दोषीलाई कारबाही गर्न माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published.