अर्थसमितिमा रहेकी मञ्जु चौधरीलाई एमालेले लेखा समितिमा पठायो

प्रमुख प्रतिपक्षी नेकपा एमालेले व्यवस्थापिका संसद्मा शक्तिशाली मानिने सार्वजनिक लेखा समितिको सभापति आफ्नो पार्टीले पाउने भएसँगै केही प्रभावशाली सांसद्को संसदीय समिति हेरफेर गरेको छ ।

एमालेले विष्णु पौडेल र आनन्दराज पोखरेललाई लेखा समितिमा पठाएको छ। अघिल्लो सरकारमा मन्त्री हुनु पहिले पौडेल वातावरण संरक्षण समिति तथा पोखरेल जलस्रोत तथा कृषि समितिको सदस्य थिए।

एमालेले यसअघि अर्थ समितिमा रहेकी सांसद् मञ्जुकुमारी चौधरीलाई पनि लेखा समितिमा नै पठाएको छ।

एमालेले आइतबार ११ जना सांसद्को संसदीय समिति हेरफेर गराएकामा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलले भने सरकारमा सहभागी हुनु पहिले जस्तै अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समिति रोजेका छन्।

यस्तै, राप्रपा नेपालकी सांसद् कुन्तीकुमारी शाही कृषि तथा जलस्रोत समिति छोडेर विधायन समिति गएकी छन्। संसद्को आइतबार बसेको बैठकले १९ जना सांसद्को संसदीय समिति हेरफेर सम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो।

Leave a Reply

Your email address will not be published.