ब्रेक फेल भएर जिप पल्टिदा नवलपरासीका दुई थारुसहित चार जनाको मृत्यु

पूर्व पश्चिम महेन्द्रराजमार्गको बर्दघाट नजिक दाउन्नेमा मंगलबार दिउँसो जीप दुर्घटना हुँदा चार जनाको निधन भएको छ। नवलपरासी जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार अन्य १० जना घाइते भएका छन् ।

निधन हुनेमा जीपका चालक नवलपरासी शुक्रौलीका २८ वर्षीय सुधाखर पाण्डे रहेको नवलपरासी प्रहरीले जानकारी दिएको छ । त्यस्तै भारत धरमपुरका २६/२७ वर्षका चिन्तु सहनीको पनि निधन भएको छ । नवलपरासी सरावलका २५ वर्षीय चनमति थारु र सोही ठाउँका २० वर्षीय चेतकुमारी थारुको पनि दुर्घटनामा परेर ज्यान गएको प्रहरीले जनाएको छ । मृतकहरुको शव पोष्टमार्ट गर्न सदरमुकाम परासीको पृथ्वीचन्द्र अस्पताल ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्राप्त विवरण अनुसार दिउँसो तीन बजे पुर्वबाट पश्चिम जाँदै गरेको ना १ ज १३१७ नम्बरको जीप ब्रेक फेल भएर पल्टदा सो दुर्घटना भएको थियो। घटनास्थल बर्दघाट–४ मा पर्छ ।

दुर्घटनामा घाइते हुनेमा नवलपरासी सनइ गाविस वडा नं. २ का सुरवान साई, रामराज थारु, श्रीकृष्ण सहनी, राममुहरत सहनी, सनइ वडा नं. ४ का सृजना चौधरी, र वडा नम्बर नखुलेका सनइका विष्णु सहनी, उमराज सहनी, रामग्रामका धुरेन्द्र केवट, समिर खान र सरावल गाविसका होमराज थारु रहेका छन् । उनीहरुको भैरहवाको मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published.