सेफ्टीट्यांकीमा निसास्सिएर बर्दियामा दुई थारुको मृत्यु

बर्दियामा ट्वाइलेटको सेफ्टी ट्यांकी सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । बर्दिया धधवार गाविस ८ विजयनगरका ४१ वर्षीय गणेश थारु र सोही गाविसका ३९ वषिर्य चुकेन्दर थारुको मृत्यु भएको हो ।

सदरमुकाम गुलरिया नगरपालिका-८ स्थित विष्णु सुनारको घर पछाडि रहेको ट्वाइलेटको सेफ्टी ट्यांकी निर्माण गरी सेटिङका सामान निकाल्दा उनीहरु बेहोस भएका थिए ।

बेहोस भएकाहरुको जिल्ला अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

उनीहरु बेहोस भएको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहराको कमाण्डमा प्रहरी टोली उद्धारमा खटिएको थियो । उद्धार टोलीले तत्काल अस्पताल पुर्‍याएको थियो ।

Leave a Reply

Your email address will not be published.