महरालाई भारत र निधिलाई चीन पठाउने सरकारको निर्णय

नयाँ सरकार गठन र नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन प्रधानमन्त्रीका विशेष प्रतिनिधिको रूपमा दुई उपप्रधानमन्त्री छिमेकी मुलुक चीन र भारत जाने भएका छन्। सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको विशेष प्रतिनिधिका रूपमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भारत पठाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता समेत रहनुभएका उपप्रधानमन्त्री महराले आफूहरू निकट भविष्यमा ती मुलुकको औपचारिक भ्रमण जाने जानकारी दिए। बैठकले महङ्गी, कालोबजारी, कृत्रिम अभाव र खाद्यवस्तुमा देखिएको मिसावटलाई नियन्त्रण गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने समेत निर्णय गरेको छ।

कालोबजारीलाई प्रभावकारी ढङ्गबाट छिटोभन्दा छिटो अन्त्य गर्न गृहमन्त्रालय र आपूर्ति तथा वाणिज्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको हो। त्यसका लागि कानुनमा देखिएका अड्चन हटाउन कानुन संशोधन वा परिमार्जन गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

प्रवक्ता महराले जतिसक्दो चाँडो सरकारले पूर्णता पाउने विश्वास समेत व्यक्त गरे।

Leave a Reply

Your email address will not be published.