पूर्वका लिम्बुवानको बन्द

लिम्बूवान राज्य परिषद्ले आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि झापालगायतका पुर्वका जिल्लाका जनजीवन प्रभावित भएको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर लिम्बुवान राज्य खोसेको भन्दै परिषद्ले हरेक वर्ष साउन २२ गतेलाई ‘कालो दिन’ दिनका रुपमा लिँदै आएको छ । त्यसैको विरोधमा आज बन्द गरिएको बताइएको छ ।

बन्दका कारण झापा, इलाम, सुनसरी, मोरङ,ताप्लेजुङ,संखुवासभालगायत पूर्वाञ्चल क्षेत्रका जिल्लामा यातायातका साधन चलेका छैनन् भने झापाका सबै पसल, बजार बिहानैदेखि बन्द छन् । एम्बुलेन्स, प्रेसलगायत आकस्मिक सेवाका सवारी साधन भने सञ्चालनमा आएका छन् । रासस

Leave a Reply

Your email address will not be published.