गरिबी न्यूनीकरणकी अभियन्ता जानकी चौधरी रहिनन्

लामो समयदेखि विभिन्न गैरसरकारी संस्थामार्फत गरिबी न्यूनीकरण गरी अर्थिक समृद्धिको पक्षमा अभियान चलाउदै आएकी अभियन्ता जानकी चौधरीको आइतबार राति निधन भएको छ । हाल नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढीको अध्यक्ष, सिएसएसडि र लुथरन विश्व फेडेरेसनका पूर्व कर्मचारी, सिर्जनशिल समाजको सिर्जना (सिसिएस) कैलालीको कार्यसमिति सदस्यसमेत रहेकी चौधरीको निधन भएको छ ।

पेट सम्बन्धी रोगको विरामी रहेकी उनको ४७ वर्षको अल्पआयुमा निधनपाछि उनको परिवारजन, आफन्तजन र कार्यरत विभिन्न संघ–संस्थामा शोक छाएको छ ।

कैलालीको बौनिया–७ लोहागरकी स्थानीय समेत रहेकी उनी एकदमै मिलनसार व्यक्तित्व तथा सफल महिला नेतृ, समाजसेवी रहेकी थिइन् । उनी समाजमा व्याप्त गरिवी निवारणको लक्ष्यका साथ लामो समयदेखि नमस्ते सहकारीमा अवद्ध रहनुको साथै हाल उक्त सहकारीको अध्यक्ष पदमा रहि नेतृत्व समेत गर्दै आएकी थिइन् ।

उनी नेतृत्व गरेको सहकारी हाल एकदमै नयाँ उचाईमा पुगेको छ । तर उनको निधनबाट समाज र राष्ट्रलाई अपुरणीय क्षति भएको नमस्ते सहकारीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.