खोलाले बगाउँदा दाङका धर्मु चौधरीको मृत्यु

दाङमा बाढीले बगाउँदा एक जना व्यक्तिको मृत्यु भएको छ। मृतक दाङको तुलसीपुर–६ कपडादेवी निवासी ३३ वर्षीय धर्मु चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए।

स्थानीय पातुखोला तर्ने क्रममा चौधरीलाई बगाएको हुनसक्ने प्रहरीले जनाएको छ। तुलसीपुर नगरपालिका–९ अमृतनगर टोलस्थित पातुखोलाको किनारामा आज बिहान चौधरीको शव फेला परेको हो। चौधरीको शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा लगिएको प्रहरीले जनाएको छ  रासस

Leave a Reply

Your email address will not be published.