थारु पत्रकार संघ बाँकेमा बिमला चौधरी सर्वसम्मत

थारु पत्रकार संघ बाँकेको अध्यक्षमा बिमला चौधरी सर्बसम्मत निर्वाचित भएकी छन् । संघको विहीबार भएको दोस्रो अधिवेशनले चौधरीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । यसअघि उनी उपाध्यक्ष थिइन् ।
थारु पत्रकार संघ बाँकेका अध्यक्ष कृष्ण चौधरीको अध्यक्षत एवम् संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीको प्रमुख आतिथ्यतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा एमाले बाँकेका सचिवालय सदस्य चन्द्र बहादुर चौधरीले थारु जातिको अधिकार स्थापितका लागि थारु पत्रकारले कलम चलाउनुपर्ने बताए । उनले थारु जातिको पक्षमा कलम कम चल्ने गरेको आफूले पाएको बताउँदै राष्ट्रिय अखण्डता र राष्ट्रिय हितको पक्षमा डटेर लाग्ने थारु पत्रकारलाई सुझाव दिए ।

थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीले पत्रकारिता पेशाको बारेमा नबुझेकै कारण थारु युवा पत्रकारितामा आउन नचाहेको बताए । उनले आर्थिक श्रोत कमीका कारण थारु पत्रकारलाई टिकाउन समस्या हुने गरेको भन्ने जिज्ञासाप्रति संकेत गर्दै उनले रकम अभाव हुन नदिने प्रतिवद्धता ब्यक्त गरे ।

अधिवेशनमा सचिव सोम डेमनडौराले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संघको आगामी बैठकले उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरु चयन गर्ने नव निर्वाचित अध्यक्ष बिमला चौधरीले बताइन् ।

Leave a Reply

Your email address will not be published.