र्‍याम्पमा दुई थारु मोडल [फोटो फिचर]

भिन्टेज नेपाल फेसन सोअन्तर्गत १६ जना मोडेलहरू र्‍याम्पमा उत्रिएका छन्। एड इन्सिपिरेसनले राजधानीमा आयोजना गरेको कार्यक्रममा मोडलहरू विभिन्न पहिरनमा र्‍याम्पमा उत्रिएका हुन्।
उनीहरू मदन पौडेलको पार्टी वेयर गाउन, श्रेशा पौडेलको कर्पोरेट पार्टी वेयर र रविन परियारको पार्टी वेयर डिजाइनमा प्रस्तुत भएका थिए। र्‍याम्पमा बद्री विष्ट,, एसराज, विपल कार्की, प्रदीप बास्तोला र दीपक घिमिरे नेपाली ढाकाटोपी पहिरनमा उत्रिएका थिए। मोडलहरूलाई कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिएका थिए।
लामो समयको प्रशिक्षणपछि उनीहरूलाई र्‍याम्पमा उतारिएको एड इन्सिपिरेन्सका फाउन्डर मदन पौडलले जानकारी दिए। …सबै मोडलहरू हाम्रो कम्पनीअन्तर्गत नै रहनेछ। उनीहरूको लागि हामीले अन्तर्राष्ट्रिय प्लेटफर्म दिन पनि मद्दत गर्नेछौँ,’ पौडेलले भने।
कार्यक्रममा अभिनेता सुशील क्षत्री, क्रिकेटर विनोद दास, फुटबलर भरत खवास, अमृत चौधरी, आदित्य चौधरीलगायत उपस्थित थिए।

Vintage Fashion Show 01

Vintage Fashion Show 10

Vintage Fashion Show 09

Vintage Fashion Show 08

Vintage Fashion Show 07

Vintage Fashion Show 05

Vintage Fashion Show 03

Vintage Fashion Show 02

तस्बिर सौजन्य : पवन सापकोटा

Leave a Reply

Your email address will not be published.