बर्दियाका शर्मा चौधरी उत्कृष्ट किसान

राष्ट्रिय धान दिवसको अवसर पारी सरकारले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट ५ जना किसानलाई पुरस्कृत गरेको छ । कृषकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले सरकारले सर्वोत्कृष्ट एक जनालाई २ लाख र अरु चारजनालाई एक लाखका दरले पुरस्कृत गरेको हो ।

पहिलो हुने इमानबहादुर गुरुङ भैंसीपालक कृषक हुन् । अन्य पुरस्कृत कृषकहरु एकीकृत कृषि, मौरीपालन, खाद्यान्न विउ उत्पादन र केरा खेतीमा संलग्न छन् । सरकारले ५ वटा विकास क्षेत्रबाट एक-एक जनालाई पुरस्कृत गरेको हो ।

मध्यपश्चिमाञ्चलबाट राजापुर नगरपालिका-१२ बर्दियाका शर्मा चौधरी खाद्यान्न एवं तेलहन बाली बीउ उत्पादनका क्षेत्रमा उत्कृष्ट भएका हुन् । उनले बर्दियामा १ सय १३ कट्ठा जमिनमा धान, गहुँ, तोरी आदि उत्पादन गरी वार्षिक ७ लाखसम्म आम्दानी गर्ने गरेका छन् । यस्तै उनलाई बाली सघनतामा जोड दिएको र बीउ संचय गर्ने गरेका कारण पनि सम्मान गरिएको हो ।

Leave a Reply

Your email address will not be published.